Friday, December 5, 2025
HomeGKReligion & Cultureचाडबाड र केही झुक्याउने प्रश्नहरू || उधौली, उभौली, योमरी पुन्ही

चाडबाड र केही झुक्याउने प्रश्नहरू || उधौली, उभौली, योमरी पुन्ही

यी चाडबाडबारे बारम्बार परीक्षामा सोधिने र झुक्किने प्रश्नका उत्तरहरूः
०००
प्रश्नः ‘उधौली/उद्यौली’ पर्व कुन समुदायसँग सम्बन्धित छ ?
उत्तरः किराँत समुदाय
[न्वागी पर्वका रूपमा चिनिन्छ ।
प्रश्नः उद्यौली पर्व कहिले पर्दछ ?
उत्तरः मङ्सिर शुक्ल पूर्णिमा
प्रश्नः ‘उभौली’ पर्व कुन समुदायसँग सम्बन्धित छ ?
उत्तरः किराँत समुदाय
[बैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । जसलाई ऋतु परिवर्तनको सङ्केत मानिन्छ ।]
प्रश्नः उद्यौली तथा उभौलीमा नाचिने नाच कुन हो ?
उत्तरः साकेला नाच
प्रश्नः उभौली/उधौली पर्व कुन कुन जातीहरूले मनाउँछन् ?
उत्तरः राइ, लिम्बु, याक्खा, सुनुवार, बान्तवा आदि
प्रश्नः चासोक ताङ्नाम कुन जातिसँग सम्बन्धित छ ?
उत्तरः लिम्बु जाति
[किराँत समुदायले मनाउने यो पर्व नै उधौली पर्व हो ।]
प्रश्नः नेवार जातीले धान्य पूर्णिमाको अवसरमा मनाइने चाड कुन हो ?
उत्तरः योमरी पुन्ही
[यो पर्वमा नेवारहरूले चामलको पिठो र चाकुबाट बनेको विशेष परिकार योमरी खाने गर्दछन् ।]
प्रश्नः ज्यापु दिवस कहिले मनाइन्छ ?
उत्तरः धान्य पूर्णिमाको दिन
[ज्यापु दिवस वि.सं. २०६१ देखि मनाउन थालिएको हो । २०८२ मङ्सिरमा १८ गते मनाइएको दिवस २२औँ दिवस हो ।]
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

You cannot copy content of this page