१ प्रश्नः विश्व भोकमरी सूचकाङ्क २०२५ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः ६८औँ स्थानमा
[नेपालले सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखेको छ ।]
२ प्रश्नः हालसालै प्रकृतिसँग गहिरो सम्बन्ध भएको देश (Nature connected) भनेर नेपाललाई कुन सूचीमा समावेश गरिएको छ ?
उत्तरः पहिलो
[अध्ययनका कूल ६१ देशमध्ये अन्तिम स्थानमा स्पेन रहेको छ ।]
३ प्रश्नः विश्व शान्ति सूचाङ्क २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः ७६औँ स्थान
४ प्रश्नः मानव विकास सूचाङ्क २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः १४५औँ स्थान
(यो सूची संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गर्दछ ।)
५ आर्थिक स्वतन्त्रताको सूची २०२५ मा नेपाल १३१ औँ स्थानमा रहेको छ भने भ्रष्टाचारको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः १०७ औँ स्थान
[नेपालले १०० अङ्कमा ३४ प्राप्त गरेको छ । यसअघि १०८औँ स्थानमा थियो । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ ।]
६ हेन्ली पासपोर्ट २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः १०१ औँ स्थान
[१९९ देशहरू समावेश यस सूचीमा भारत ८५, चीन ६० स्थानमा छ भने यसअघि नेपाल ९८औँ स्थानमा रहेको थियो ।]
७ जलवायु परिवर्तन २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
उत्तरः ६९औँ स्थान
[२०१७ मा चौथो स्थानमा थियो ।]

