Friday, December 5, 2025
HomeNotesलोक सेवा लिखित प्रश्नः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका

लोक सेवा लिखित प्रश्नः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका

प्रश्नः सरकारका अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यहरू लेख्नुहोस् ।
कार्यपालिकाका कार्यहरू:

  • देशको दैनिक शासन प्रशासन सञ्चालन गर्ने,
  • वाह्य देशहरूसंग सम्वन्ध र सुरक्षा कायम गर्ने,
  • आन्तरिक शान्ति सुरक्षा कायम गर्ने,
  • राजश्व संकलन, परिचालन र विकासका लागि बाँडफाँड गर्ने,
  • विकास कार्यक्रमहरू सञ्चालन गर्ने,
  • कतिपय अर्धन्यायिक कार्यहरू सञ्चालन गर्ने,
  • अध्यादेश र प्रत्यायोजित विधायन सम्वन्धी कार्य गर्ने,

व्यवस्थापिकाका कार्यहरू:

  • जनताको प्रतिनिधित्व गर्ने,
  • जनअपेक्षा बमोजिम कानुन निर्माण गर्ने,
  • प्रधानमन्त्रीको निर्वाचन गरी सरकार गठनमा सघाउने,
  • सरकारलाई जनअपेक्षा बमोजिम काम गर्न आवश्यक निर्देशन दिने,
  • सरकार र मन्त्रीहरूले जनता समक्ष गरेका बाचाहरू पुरा गरे नगरेको सम्बन्धमा छानविन गर्ने,
  • बजेट सम्बन्धी आवश्यक छलफल गरी पारित गर्ने,
  • सरकारको स्वेच्छाचारी कार्यहरूमा नियन्त्रण आदि ।

न्यायपालिकाका कार्यहरू:

  • विवाद र प्रश्नहरूको निश्चित गर्ने,
  • विवादित प्रश्नहरूमा टुंगो लगाउने,
  • कानूनको वैधतालाई संविधानको कसिमा जाँच्ने,
  • कार्यविधि कानूनको निर्माण गर्ने,
  • नजिर प्रतिपादन गर्ने,
  • संविधानलाई अभिभावकीय रुप प्रदान गर्ने,
  • प्रशासनिक निर्णयहरूको न्यायिक जाँच गर्ने,
  • फौजदारी र देवानी न्याय प्रशासनको काम गर्ने,
  • अदालतको जनआस्था बढाउने,
  • न्यायिक निर्णयहरूको कार्यान्वयन गराउने,
  • न्यायीक पुनरावलोकनको कार्य गर्ने,
  • कानूनको व्याख्या गर्ने,
  • विशेष अवस्थामा कानूनको निर्माण गर्ने ।
  • विभिन्न लेख तथा आदेश जारी गर्ने
  • कानुन र न्याय सम्वन्धी विषयमा अध्ययन, अनुसन्धान आदि ।

(२० वर्ष बढी प्रशिक्षण अनुभव रहेका प्रशिक्षक केशरनाथ अर्यालबाट)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

You cannot copy content of this page