Friday, December 5, 2025
HomeNotesसुशासन/ लोक सेवा आयोग लिखित उत्तरात्मक प्रश्न / नासु, खरिदारलगायत

सुशासन/ लोक सेवा आयोग लिखित उत्तरात्मक प्रश्न / नासु, खरिदारलगायत

सुशासनको बारेमा संक्षेपमा लेख्दै यसका १० विशेषताहरू उल्लेख गर्नुहोस् ।
* असल, उम्दा, उत्कृष्ट, सर्वप्रीय, अपेक्षित, वैध शासन व्यवस्थालाई सुशासन भनिन्छ ।
* सुशासन शब्दको प्रयोग सन् १९९० को दशकदेखि बढी प्रयोग गर्न थालिएको हो भने विश्व बैंकले सन् १९८९ मा न्ययम नयखभचलबलअभ को प्रयोग गरेको हो ।
* सुशासनलाई विकास सहायताको सञ्चालन र परिचालन गर्नेले यसलाई एउटा शर्तको रुपमा हेर्ने गरिएको पाइन्छ ।
* सार्वजनिक जवाफदेहिताका पदमा आसिन हुनेहरूले समाजको सहमति र बलमा प्राप्त सत्ता, अधिकार वा साधनलाई जनहितकारी कार्यमा प्रयोग गर्ने कार्य तथा अधिकारका समुचित प्रयोग नै सुशासनको मर्म हो ।
* सुशासन जनताको आवश्यकता, जनताको चाहना, प्रशासनको लक्ष्य र नागरिक समाजको एजेण्डा बनेको छ ।
* जनताको हितमा समर्पित र जनजीवनलाई परिष्कृत बनाउने राज्यको परिपाटी नै सुशासन हो ।

सुशासनका कुनै १० विशेषताहरू निम्न छन्ः
* बहुलवादमा आधारित प्रजातान्त्रिक शासन व्यवस्थाको विद्यमानता,
* राजनीतिक र प्रशासनिक उत्तरदायित्वको सुनिश्चितता,
* सरकारी निर्णय र सार्वजनिक खरिद बिक्री प्रकृयामा पारदर्शिता,
* सार्वजनिक क्रियाकलापमा इमान्दारिता तथा भ्रष्टाचार निवारण,
* राजनीतिक र व्यवस्थापकिय अधिकारहरूको समुचित निक्षेपणको व्यवस्था,
* सहभागितामूलक शासन व्यवस्था,
* स्वतन्त्र न्यायपालिका तथा कानूनको शासन,
* मानव अधिकारको प्रत्याभूति,
* नागरिक समाज लगायत अन्य क्षेत्रसँग सहकार्य,
* शासकीय व्यवस्थामा स्वच्छताको प्रदर्शन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

You cannot copy content of this page